इरान युद्धमा अमेरिकाको अठ्तिस अर्ब डलर खर्च
gorkhapatraonline.com · Thu Sep 17 00:50:50 GMT 2026

इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्त १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले सार्वजनिक गरेको मूल्याङ्कन अनुसार युद्धको तीव्रता अनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रतिमहिना तीन अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्ने अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
संसद्को बजेट कार्यालयले तयार पारेको उक्त मूल्याङ्कन अमेरिकी प्रतिनिधि सभाको बजेट समितिका शीर्ष डेमोक्रेट सांसद ब्रेन्डन बोयलको सूचनाको अनुरोधपछि तयार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)