मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनः मतदान जारी

ajakoartha.com · Thu Jun 25 01:40:00 GMT 2026

चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान सुरु भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो ।

मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गर्न थालेका छन् । यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिए । निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)