मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टरिगाउँ विमानस्थलका लागि २५ करोड

nepalpress.com · Thu Jun 25 01:42:48 GMT 2026

दाङ । तुलसीपुरस्थित टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक बजेटमा विमानस्थलका लागि २५ करोड रुपैयाँ समावेश भएको हो ।

विमानस्थलको धावनमार्गलाई दुई हजार ५ सय मिटरसम्म विस्तार गर्न जग्गा व्यवस्थापनसहित अन्य पूर्वाधार व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका सांसद कमल सुवेदीले बताए m। उनका अनुसार विमानस्थललाई बहुवर्षीय योजना बनाएर स्तरवृद्धि गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)