आइपिएल : गुजरात टाइटन्सलाई हराउँदै दिल्ली क्यापिटल्स विजयी
farakdhar.com · Wed Apr 17 17:17:57 UTC 2024
इन्डियन प्रिमियर लिग आइपिएलमा गुजरात टाइटन्सलाई हराउँदै दिल्ली क्यापिटल्स विजयी भएको छ । सर्वाधिक कम स्कोरमा दिल्लीले ६ विकेटको जित दर्ता गरेको हो । बुधबार राति भएको खेलमा गुजरात जम्मा ८९ रनमा समेटिएको थियो । आइपिएल इतिहासमा यो सर्वाधिक कम पाँचौँ स्कोर हो ।
टस हारेर पहिला ब्याटिङ गरेको गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रनको पारि खेल्दा साई सदर्शनको १२ रन दोस्रो ठूलो र राहुल तेवटियाको १० रन तेस्रो स्थानमा रह्यो । रासिदले २४ बलमा एक छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)