जुम्ला–रारा जोड्ने छोटोदुरीको उर्थु पटमारा सडकखण्ड अवरुद्ध
nayapatrikadaily.com · Tue Aug 31 00:32:00 GMT 2021
नेपालकै एक महत्वपूर्ण पर्यटकीयस्थल मुगुको रारा ताल जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो दुरीको उर्थु पटमारा सडक खण्ड अवरुद्ध भएको हो । लगातारको वर्षाले पहिरो आएपछि सडक अवरुद्ध भएको हो । जुम्ला उर्थु पटमारा, न्याउरीघाट, बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीयसहित पर्यटकले सास्ती खेप्ने गरेका छन् ।
नाग्म गमगडी सडक भन्दा जुम्ला उर्थु पटमारा सडकबाट मुगु रारा ताल पुग्न करिब ३ घण्टा छोटो पर्छ । आन्तरिक तथा बाह्य पर्यटक पनि उर्थु पटमारा सडक हुँदै राराताल जाने गर्दछन् । पातारासी गाउँपालिका ७ नम्बर वडामा पर्ने विभिन्न गाउँका नागरिक आउजाउ गर्ने मुख्यबाटो पनि त्यहि हो । पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएपछि स्थानीयसँगै पर्यटकलाई पनि आउजाउमा समस्या भएको स्थानीय लाल बहादुर बुढाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)