एसईईको नतिजा : गणितमा सबैभन्दा कमजोर
onlinekhabar.com · Thu Jul 06 16:51:50 GMT 2023
२१ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजाले माथिल्लो न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) ल्याउने विद्यार्थीहरुको संख्या बढेको देखाएको छ । तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नजिताले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी दाबीमाथि प्रश्न उठाएको छ ।
गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षामा ४ लाख ६९ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेको छ । अघिल्लो वर्ष अघिल्लो वर्ष यो ग्रेड समूह ल्याउने विद्यार्थी संख्या ९ हजार ६३३ जना थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)