‘ड्युटी’को समयमा सेवाग्राहीसँग नमस्ते गर्न ट्राफिक प्रहरीलाई ‘सर्कुलर’
nagariknews.nagariknetwork.com · Thu Jun 25 01:40:32 GMT 2026

काठमाडौंं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ड्युटी’ (काम) को समयमा सेवाग्राहीसहित अन्य व्यक्तिलाई नमस्ते गर्न मातहतका ट्राफिक प्रहरीलाई ‘सर्कुलर’ जारी गरेको छ। सवारी चालकसहित अन्य सेवाग्राहीसँग ड्युटीको समयमा हात नमिलाउनु नमस्तै भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशनसहितको सर्कुलर जारी गरेको हो।
उपत्यकामा रहेका ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग, पोष्टलगायत सबैलाई निर्देशनसहितको सर्कुलर पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने, 'सेवाग्राहीसँग हात मिलाउनुभन्दा पनि नमस्ते गर्नु राम्रो मानिन्छ। सोही अनुसार हामीले मातहतका निकायहरुलाई ड्युटीको समयमा नमस्ते गर्नु होला भनेर सर्कुलर जारी गरेका छौँ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ