अनधिकृतरूपमा डिजेल झिकेका आरोपीहरूमाथि कारबाही
corporatenepal.com · Thu Sep 17 00:51:40 GMT 2026

रुपन्देही । नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्याङ्करबाट अनधिकृत रूपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ । निगमका अनुसार अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि २० हजार लिटरका दरले डिजेल ढुवानी गरी आएका तीन ट्याङ्करबाट डिजेल झिकिएको थियो ।
निगमका अनुसार, लु१ख ६५०४, लु२ख १५४४ र लु१ख ६६१९ नम्बरका ट्याङ्करबाट सिद्धार्थनगर नगरपालिका–भैरहवास्थित सराफ आयल स्टोर्सको परिसरमा डिजेल झिकिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । निगमका अनुसार लु१ख ६५०४ र लु२ख १५४४ नम्बरका ट्याङ्करको यान्त्रिक सुरक्षा लकिङ प्रणाली बिगारी डिजेल झिकिरहेको अवस्थामा तथा लु१ख ६६१९ नम्बरको ट्याङ्करबाट डिजेल निकालेर भाग्ने क्रममा नियन्त्रणमा लिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)