वीरगन्जमा भारतीय कारबाट ठूलो परिमाणमा पेस्तोल र गोली बरामद
annapurnapost.com · Thu Sep 17 00:55:42 GMT 2026

वीरगन्ज : वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय कारबाट ठूलो परिमाणमा पेस्तोल र गोली बरामद गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित वास्तु बिहार चोक नजिक सडकमा बुधबार साँझ रोकेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्रबाट सशस्त्र प्रहरीले ४ थान पेस्तोल र एसएलआरको ६ राउन्ड गोली बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले सिक्सर पेस्तोल २ थान, कटुवा पेस्तोल २ थान र एसएलआरको गोली ६ राउन्ड बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)