संसदमा बढ्दै नागरिक संवाद
gorkhapatraonline.com · Thu Sep 17 01:08:22 GMT 2026

सङ्घीय संसद् र समितिहरूका गतिविधिमा अब प्रत्यक्ष नागरिक निगरानी बढ्ने भएको छ । नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न सङ्घीय संसद् सचिवालयले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सञ्चालन गरेको छ । संसद् र नागरिकबिचको दुरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याइएको हो । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गर्नुभयो ।
सङ्घीय संसद् सचिवालयको हाल प्रयोगमा रहेको वेबसाइट र संसदीय कामकारबाहीसँग सम्बन्धित प्रणालीलाई एकीकृत गरी डिजिटल पार्लियामेन्ट सुरुवात गरिएको हो । उक्त प्लेटफर्मबाट संसदीय कामकारबाही, सदस्यहरूको सङ्क्षिप्त वैयक्तिक जानकारी र सदन/समितिको उपस्थिति र भूमिकाबारे पनि नागरिकले जानकारी पाउने छन् । अहिले संसद्को प्रत्यक्ष प्रसारण र निर्णय/प्रतिवेदन अनलाइन पहुँचमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)