बारा–२ : गठबन्धन र नेकपा एमालेका लागि प्रतिष्ठाको लडाइँ
ratopati.com · Thu Apr 20 23:04:00 GMT 2023
मकवानपुर । बारा–२ को उपनिर्वाचन सत्ता गठबन्धन र नेकपा एमालेका लागि प्रतिष्ठा बनेको छ । विगतमा सो क्षेत्रमा चुनाव जित्दै आएको जसपा अहिले सत्ता गठबन्धनको आडमा चुनावी मैदानमा रहेको छ । यस्तै नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ ।
मुख्य दुई ठुला दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ पाएको जसपाका अध्यक्ष उपन्द्र यादव कुनै पनि हालतमा सो क्षेत्रमा चुनाव जित्न चाहन्छन् । संसद छिर्ने तीव्र महत्वाकांक्षाका साथ चुनावी अभियानमा होमिएका यादवलाई लोसपाको पनि सहयोग छ । एमाले विभाजन पछि बनेको एकीकृत समाजवादीले पनि अध्यक्ष यादवलाई नै सघाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)