कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
annapurnapost.com · Thu Sep 17 01:02:42 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो २ बजे केन्द्रीय कार्यलयमा बैठक बोलाइएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थित हुनेछ।
बैठकमा समसामयिक राजनीति र १५ औं महाधिवेशनका बारेमा छलफल हुनेछ। कांग्रेसभित्र पछिल्लो समय आन्तरिक विवाद चुलिँदै गएको छ। जसका कारण संस्थापन पक्षले असोजमा र इत्तर पक्षले मंसिरमा महाधिवेशनको मिति तोकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)