के क्यानडा ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बन्ला ?
ratopati.com · Thu Sep 17 01:15:43 GMT 2026

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले क्यानडालाई युरोपेली संघ (ईयू) को पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्तावप्रति समर्थन जनाएकी छन् । उनले ईयू र क्यानडाबीचको सम्बन्धलाई सम्भव भएसम्म उच्च तहमा लैजानुपर्ने बताउँदै यसका लागि ‘ढोका खोल्ने’ प्रस्ताव गरेकी हुन् ।
बुधबार युरोपेली संसद्मा ईयूको आगामी वर्षको नीति तथा प्राथमिकता प्रस्तुत गर्दै भोन डर लेयेनले क्यानडासँग विभिन्न महत्त्वपूर्ण क्षेत्रमा अझ नजिकबाट सहकार्य गर्नुपर्ने बताइन् । उनका अनुसार उत्पादन, प्रविधि, एआई, रक्षा, ऊर्जा, महत्त्वपूर्ण खनिज तथा आर्थिक सुरक्षाजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)