प्रादेशिक अस्पतालको कागजमा योजना, फिल्डमा अलपत्र
annapurnapost.com · Thu Sep 17 01:13:06 GMT 2026

काठमाडौं : ओखलढुंगाको मानेभञ्ज्याङ–७ टोक्सेलमा प्रादेशिक अस्पताल बनाउने योजना अघि सारिएको ८ वर्ष पुग्न लाग्यो। ओखलढुंगामात्र होइन, छिमेकी सोलुखुम्बु, खोटाङ र उदयपुरका नागरिकलाई समेत सेवा दिने गरी प्रस्ताव गरिएको अस्पतालका लागि स्थानीयले जग्गासमेत उपलब्ध गराए। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्यो। केही बजेट पनि खर्च भयो।
तर, अस्पतालको भवन बनेन। अस्पताल निर्माणको माग गर्दै स्थानीयले पटक–पटक सरकार र जनप्रतिनिधिको ध्यानाकर्षण गराए। आश्वासन पाए, तर निर्माण सुरु भएन। अन्ततः गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका दिन स्थानीयको असन्तुष्टि मतदान केन्द्रसम्म पुग्यो। मानेभञ्ज्याङ–७ को सातसल्ले मतदान केन्द्रमा ७ सय १ मतदाता थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)