अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सञ्चालन
nepalviews.com · Thu Sep 17 01:18:53 GMT 2026

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज विहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो ।
सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)