मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तस्करीको २१ टन मैदा पक्राउ

abhiyandaily.com

विराटनगर । सरकारले भारतबाट गहुँ ल्याउन पहल नगर्दा मैदा तस्करी हुन थालेको छ । भारतले गहँु निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा सञ्चालित ३२ मैदा उद्योगलाई कच्चा पदार्थ अभाव भएको छ । यही मौकामा भारतबाट मैदा तस्करी हुन थालेको हो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले नेतृत्व गरेको भन्सार गस्तीले सोमवार राति सुनसरीको घुस्कीस्थित सशस्त्र प्रहरीको बेसक्याम्प नजिकै भारतबाट अवैध रूपमा ल्याइएको २१ टन मैदा नियन्त्रणमा लिएको छ । उक्त मैदा दुईओटा ट्याक्टर र दुईओटा मिनीट्रकमा ल्याइएको थियो । ट्रक र ट्याक्टर स्कर्टिङ गरिरहेको एउटा भारतीय नम्बर प्लेटको सेन्ट्रो कारसमेत बरामद भएको छ । ओसारपसारमा संलग्न एकजना भारतीयसहित ५ जनालाई पक्राउ गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)