दाह्री नपालेको भन्दै राष्ट्रसंघको साझेदार संस्थाका २० कर्मचारी पक्राउ
lokaantar.com

अफगानिस्तानको तालिवान सरकार अन्तर्गतको सदाचार प्रहरी (मोरालिटी पुलिस)ले इरान-अफगानिस्तान सीमा नजिकबाट करिब २० जना सहायता कर्मीहरूलाई नियन्त्रणमा लिएको छ । सहायता कर्मीहरूको दाह्रीको लम्बाइ पर्याप्त नभएको (छोटो भएको वा खौरिएको) भन्दै उनीहरूलाई पक्राउ गरिएको पाकिस्तानी पत्रिका डाउन ले जनाएको छ ।
समाचारअनुसार काबुलमा शासन गरिरहेको तालिवान प्रशासनले इस्लामिक कानुनको कडा व्याख्या र पालना गराउँदै आएको छ, जसअनुसार पुरुषहरूले कम्तीमा एक मुठ्ठीभन्दा लामो दाह्री पाल्नुपर्ने नियम अनिवार्य गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)