रहिनन् गायिका सुमन कल्याणपुर, लता मंगेशकरको गायनसंग गरिन्थ्यो तुलना
kalakarmi.com · Mon Jun 01 06:42:14 GMT 2026
मुम्बई– भारतीय संगीत जगतकी चर्चित तथा वरिष्ठ पार्श्वगायिका सुमन कल्याणपुरको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको आइतवार साँझ मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
परिवारका अनुसार उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याबाट पीडित रहेकी कल्याणपुरले साँझ करिब ८ बजे अन्तिम श्वास लिएकी हुन् । उनी केही समयदेखि अस्वस्थ रहँदै आएकी थिइन् । सन् १९३७ जनवरी २८ मा तत्कालीन ब्रिटिस भारतको ढाका (हाल बंगलादेश) मा जन्मिएकी सुमन कल्याणपुर भारतीय फिल्म संगीतको स्वर्णिम युगकी महत्वपूर्ण गायिकामध्ये एक थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)