क्यानडालाई युरोपेली संघको पहिलो एसोसिएट राष्ट्रको प्रस्ताव
kendrabindu.com · Thu Sep 17 01:20:30 GMT 2026

काठमाडौं । क्यानडालाई युरोपेली युनियनको एसोसिएट राष्ट्र बन्न प्रस्ताव आएको छ । युरोपेली युनियनकी प्रमुख उर्सुला भोन डोर लायनले क्यानेडालाई उक्त प्रस्ताव राखेकी हुन् । अमेरिकासँग क्यानेडाको कूटनीतिक सम्बन्ध बिग्रिँदै गएको अवस्थामा युरोपेली युनियनबाट प्रधानमन्त्री मार्क कार्नीलाई उक्त प्रस्ताव आएको हो ।
गत साता कार्नीले युरोपेली युनियनको सदस्यता नभएर क्यानडाले नौलो गठबन्धन चाहेको बताएका थिए । यस प्रस्तावमा सहमत भए २७ सदस्यीय युरोपेली युनियनमा क्यानडा पहिलो एसोसिएट राष्ट्र हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)