भेनेजुएलामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तेल प्रशोधन केन्द्रसमेत प्रभावित
annapurnapost.com · Thu Jun 25 02:05:19 GMT 2026

काराकास: भेनेजुएलाको उत्तरी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विनाशकारी महाभूकम्प गएको छ। भूकम्पका कारण राजधानी काराकासका कैयौँ भवनहरू भत्किएका छन् भने देशकै ठूला रिफाइनरी (तेल प्रशोधन केन्द्र) हरू रहेका क्षेत्रहरूमा समेत तीव्र झट्का महसुस गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार देशका विभिन्न राज्यहरूमा केही सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए। पहिले ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको र त्यसको लगत्तै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली मुख्य भूकम्प गएको हो। यी दुवै भुकम्प ४० सेकेन्डको अवधिमा गएका हुन् । यस महाभूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या हजारौँ बढी हुन सक्ने डरलाग्दो प्रारम्भिक अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)