प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेकपाको आपत्ति
nepalviews.com · Mon Jun 01 06:48:47 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले आइतबार प्रेस विज्ञप्ति जारी गरी उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत रहेको भन्दै घोर निन्दा र भर्त्सना गरेका छन्।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय सीमामा हुने ‘अतिक्रमण’ (Encroachment) र सीमा क्षेत्रमा देखिने जग्गाको भोगचलन वा ‘क्रस–होल्डिङ’ (Cross-Holding) फरक विषय भएको उल्लेख गरिएको छ। कुनै देशले अर्को देशको स्वामित्वमा रहेको भूमिमा कानुनी अधिकार वा आपसी सहमतिविना भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण मानिने भन्दै भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा गर्दै आएको गतिविधिलाई त्यसैको उदाहरणका रूपमा व्याख्या गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
बालेन शाह