मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व सांसद लक्ष्मी महतो कोइरी थुनामुक्त

annapurnapost.com · Thu Jul 16 11:59:57 GMT 2026

महोत्तरी : महोत्तरीको गौशाला नगरपालिका–२ निवासी पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन् । उक्त मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनुवाइमा लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको थियो ।

तर सो फैसलाविरुद्ध नेपाल सरकारले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेपछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई ५ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । उच्च अदालतको फैसला कार्यान्वयनका क्रममा लक्ष्मी महतो कोइरीलाई पक्राउ गरी कारागार कार्यालय जलेश्वरमा पठाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)