नीतिगत सहजीकरणको खोजीमा एनसेल
gorkhapatraonline.com · Thu Sep 17 01:33:17 GMT 2026

२०६२ असोज १ गते मेरो मोबाइल ब्रान्डमा दूरसञ्चार सेवा सुरु गरेको हालको एनसेलले नेपालमा आफ्नो सेवाको २१ वर्ष पूरा गरेको छ । निजी क्षेत्रबाट सञ्चालित एक मात्र दूरसञ्चार सेवाप्रदायकका रूपमा नेपालमा एनसेलको यात्रा भने निकै आरोहअवरोह पूर्ण रह्यो । स्वामित्वमा बारम्बार भइरहने परिवर्तन, कर भुक्तानी र विदेशी लगानीका विषयले एनसेल चर्चा र विवादमा रहिरह्यो ।
दूरसञ्चार ऐन, २०५३ अनुसार दूरसञ्चार सेवाप्रदायकले बढीमा २५ वर्षका लागि सेवा सञ्चालनको अनुमतिपत्र प्राप्त गर्ने व्यवस्था छ । सेवा प्रवाहको २१ वर्ष पूरा गरेको एनसेलको कानुन अनुसार अब चार वर्ष मात्र अनुमतिपत्रको अवधि बाँकी छ । अर्कोतिर पछिल्लो पटक कम्पनीको स्वामित्वमा भएको परिवर्तन सरकारले स्वीकार गरेको छैन । कम्पनीसँग सम्बन्धित कतिपय विवाद र मुद्दा अदालतमा विचाराधीन छन् । यस्तो अवस्थामा एनसेलले सरकारले नीतिगत सहजीकरण गरिदिए नेपालमा लगानी थप्ने र लामो समय यहीँ सेवा दिने उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)