हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार
gorkhapatraonline.com · Mon Jun 01 06:50:26 GMT 2026

भोजपुर, जेठ १८ गते । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो ।
वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)