प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल : नेकपा
himalpress.com · Mon Jun 01 06:50:42 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको भर्त्सना गरेको छ। सोमबार नेकपा प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ती जारी गरी प्रधानमन्त्री बालेनले सीमा विवादबारे आइतबार संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेका हुन्। यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि नेकपाले जनाएको छ।
प्रधानमन्त्री बालेनले आइतबार शाहले भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको र त्यो विषय आफू प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको बताएका थिए। नेकपाले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भनेको छ। नेकपाले जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल (क्रस होल्डिङ) भिन्न विषय भएको पनि बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
बालेन शाह