रास्वपा महाधिवेशनः पहिलो चरणको मतदान जारी
shilapatra.com · Thu Jun 25 02:23:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो ।
आज मध्याह्न १२ बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । हालसम्म करिब एक हजार ६ सयभन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ ।
आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ ।
एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता हो ।
प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ । ९९ जना केन्द्रीय सदस्यका लागि ती उम्मेदवारी परेको हो ।
मतदान उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ । पहिलो चरणको मतदान सकिए पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुनेछ । मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरु हुने छ । दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्ने छन् ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०८३
०८:०८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)