गुठी जग्गा विवादमा ५१ सदस्यीय महासंघर्ष समिति गठन
gorkhapatraonline.com · Thu Sep 17 01:35:27 GMT 2026

जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडामा गुठी तथा रैती जग्गासम्बन्धी विवाद चर्किंदै गएपछि स्थानीय बासिन्दाले समस्या समाधानका लागि ५१ सदस्यीय ‘गुठीपीडित घरजग्गा व्यवस्थापन महासंघर्ष समिति’ गठन गरेका छन् ।
पुस्तौँदेखि बसोबास गर्दै आएको घरजग्गाबाट हटाउने उद्देश्यले गुठी संस्थानले सूचना जारी गरेको भन्दै स्थानीयले त्यसको विरोधमा समिति गठन गरेका हुन् । समितिले जग्गाको वास्तविक अवस्था पहिचान गर्न नापी, मालपोत, गुठी संस्थान र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित प्राविधिक जाँचबुझ आवश्यक रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)