पोखरालाई विश्वमा जोड्दै फ्लाई दुबई
gorkhapatraonline.com · Thu Sep 17 01:36:40 GMT 2026

लामो प्रतीक्षापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । फ्लाई दुबईले असोज ७ देखि दुबई–पोखरा–दुबई उडान सञ्चालन गर्न लागेको हो । पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले यस उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
उहाँले भन्नुभयो, “हाल व्यावसायिक उडान नरहेको यस विमानस्थलमा फ्लाई दुबईले दैनिक एक उडान गर्ने गरी असोज ७ गतेदेखि उडान सुरु गर्दै छ । युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विश्वका तीन सयभन्दा धेरै गन्तव्यमा उडान गर्दै आएको यस हवाई कम्पनीले पोखरामा गर्न लागेको नियमित उडानले यहाँको पर्यटन र व्यापार प्रवर्धनमा नयाँ अवसर खुल्ने छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)