राष्ट्र बैङ्कका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल तीन वर्ष
gorkhapatraonline.com · Thu Sep 17 01:38:59 GMT 2026

गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल हालको पाँच वर्षबाट घटाई तीन वर्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैङ्क विधेयकमा गरेको संशोधनमा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल हालको पाँच वर्षबाट घटाई तीन वर्ष बनाउनुका साथै कार्यसम्पादनका आधारमा निजहरूलाई दुई वर्षका लागि पुनर्नियुक्ति गर्न सकिने निर्णय गरेको हो ।
त्यसै गरी गभर्नर, डेपुटी गभर्नर तथा स्वतन्त्र सञ्चालक सदस्यको योग्यता र अनुभवलाई समयसापेक्ष बनाइनुका साथै स्वतन्त्र सञ्चालक सदस्यमा कम्तीमा एक जना महिला नियुक्त गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । स्वार्थको द्वन्द्वलाई ध्यानमा राखी वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी वा त्यस्तो पदबाट अवकाश भई दुई वर्ष व्यतीत नभएको प्रमुख कार्यकारी अधिकृत सञ्चालक सदस्य बन्न नपाउने गरी विश्राम अवधि (कुलिङ अफ पिरियड) समेत राखिनुका साथै वाणिज्य बैङ्क तथा वित्तीय संस्थामा ०.५ प्रतिशतभन्दा बढी सेयर धारण गर्ने व्यक्ति सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)