मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु, आमा घाइते

gorkhapatraonline.com · Mon Jun 01 06:57:36 GMT 2026

दाङको तुलसीपुर उपमहानगरपालिका–५ गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ ।

दुर्घटनामा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उहाँका ५ वर्षीय छोरा मिनराज नेपालीको मृत्यु भएको हो । दुर्घटनामा‌ गम्भीर घाइते हुनुभएका दुवैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)