आज कस्तो रहला देशभरको मौसम ?
ajakoartha.com · Thu Sep 17 01:41:00 GMT 2026

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
जसको प्रभावले मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)