मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न
ajakoartha.com · Mon Jun 01 07:04:00 GMT 2026

काठमाडौं- लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन सम्पन्न भएको छ । सभामुख डिपी अर्यालको प्रमुख आतिथ्यता तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको अध्यक्षतामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे । उनले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको शुद्ध सामाजिक चरित्र कायम रहनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)