कालीमाटीमा गोलभेँडाको भाउ प्रतिकेजी ९ रुपैयाँ तोकिदा सिताके च्याउ र सुकेको माछा ९०० रुपैयाँ पर्ने, हेर्नुस् मूल्यसूची
arthadabali.com · Thu Jun 25 02:35:54 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज कालीमाटीमा गोलभेँडाको भाउ सबैभन्दा कम रहेको छ । यो दिन सानो लोकल गोलभेँडाको औसत मूल्य प्रतिकेजी ९ रुपैयाँ ६० पैसा तोकिएको हो । त्यस्तै, टनेल गोलभेँडाको भाउ प्रतिकेजी १५ रुपैयाँ ८० पैसा तोकिएको छ भने सबैभन्दा महँगो सिताके च्याउ र सुकेको माछा प्रतिकेजी ९०० रुपैयँ कायम गरिएको छ ।
यसैगरी, सतो हाइब्रीड मूलाको भाउ प्रतिकेजी १८ रुपैयाँ २५ पैसा, लाम्चो भन्टा १७ रुपैयाँ, रातो आलु (लाम्चो) प्रतिकेजी ३६ रुपैयाँ, रातो आलु (गोलो) ३३ रुपैयाँ, मुडेको रातो आलु ३४ रुपैयाँ, भारतीय रातो आलु र सेतो आलु २९ रुपैयाँ तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)