लेबनानको अवस्थाप्रति जर्मनीको गम्भीर चिन्ता
ratopati.com · Mon Jun 01 07:13:15 GMT 2026

बर्लिन । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले दक्षिणी लेबनानमा इजरायली सेनाको थप सैन्य अग्रसरताप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले क्षेत्रीय तनावलाई थप बढ्न नदिन सबै पक्षलाई तत्काल युद्धविरामको सम्मान गर्न तथा शान्तिपूर्ण संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन् ।
विदेशमन्त्री वाडेफुलले जारी गरेकाे वक्तव्यमा इजरायली सैन्य कारबाही उत्तरी इजरायल माथि भएका निरन्तर आक्रमणहरूको प्रतिक्रियाका रूपमा सुरु भएको भए पनि, हालको अवस्थालाई थप सैन्य रूपमा विस्तार गर्नु दीर्घकालीन समाधान नहुने बताएका छन् । उनका अनुसार यसले पहिले नै संवेदनशील रहेको क्षेत्रीय परिस्थितिलाई अझ अस्थिर बनाउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)