अर्जेन्टिनासँग ‘रक्षात्मक रणनीति’ अपनाएर पराजित भएको आलोचनापछि टुचेलले गरे बचाउ
baahrakhari.com · Thu Jul 16 12:25:46 GMT 2026
काठमाडौं । फिफा विश्वकपको सेमिफाइनलमा अग्रता जोगाउने प्रयासमा इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाएको थियो । खेल सकिनै लाग्दा प्रशिक्षक थोमस टुचेलले टोलीको संरचना परिवर्तन गर्दै गोलअगाडि बलियो रक्षापंक्ति खडा गर्ने प्रयास गरेका थिए । तर, अर्जेन्टिना र लियोनल मेस्सीले त्यो रणनीतिलाई सफल हुन दिएनन् ।
दोस्रो हाफको अन्त्यतिरसम्म इंग्ल्यान्ड १–० ले अघि रहेका बेला मेस्सीको उत्कृष्ट पासमा एन्जो फर्नान्डेजले ८५औँ मिनेटमा बराबरी गोल गरे । त्यस्तै, इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्यो । अब उसले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)