मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश फाल्ने ठिक, कार्यकारी प्रमुख र पूर्ण समानुपातिक सुसाइडल गोल : बास्कोटा

lokaantar.com

नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले जारी विश्वकप फुटबलको रोमाञ्चकतालाई नेपालको वर्तमान राजनीतिक मुद्दासँग जोडेर अर्थपूर्ण टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले एकातिर नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डको जादुमयी प्रदर्शनको चर्चा गरेका छन् भने अर्कोतिर संविधान संशोधनको बहसमा आफ्नो प्रस्ट वैचारिक लाइन अघि सारेका छन्।

नेता बास्कोटाले विश्वकपमा तहल्का मच्चाइरहेका हालान्डलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग तुलना गरेका छन्।

हालान्डको उत्कृष्ट व्यक्तिगत प्रदर्शनलाई 'डार्क हर्स'को संज्ञा दिँदै उनले लेखेका छन्, 'हालान्ड त बालेन झैँ डार्क हर्स बनेर निस्किए। केही छैन, त्यो वान म्यान रोड शो जस्तै हो, पूरै टिम उस्तै छैन।'

उनले नर्वेको समग्र टिम सन्तुलित नभएको संकेत गर्दै हालान्ड एक्लैले प्रतियोगिता जित्न गाह्रो हुने तर्क गरेका छन् । साथै, विश्वकपको उपाधिका लागि आफ्नो विश्वास भने पुराना महारथी टोलीहरू फ्रान्स, अर्जेन्टिना र स्पेनमै रहेको स्पष्ट पारेका छन्।

पछिल्लो समय नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग उठिरहेका बेला एमाले नेता बास्कोटाले त्यसको कडा विरोध गरेका छन् । उनले प्रदेश संरचनालाई खारेज गर्ने (प्रदेश फाल्ने) कदमलाई 'ठीक' भनेका छन् ।

उनले कार्यकारी प्रमुख सोझै छान्ने (प्रत्यक्ष निर्वाचित) र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई 'सुसाइडल गोल'को संज्ञा दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय