चेक रिपब्लिकविरुद्ध मेक्सिकोको शानदार प्रदर्शन, ६ मिनेटभित्रै हान्यो दुई गोल
nepalviews.com · Thu Jun 25 02:44:53 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा मेक्सिकोले चेक रिपब्लिकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बलियो अग्रता बनाएको छ । दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको मेक्सिकोले मात्र ६ मिनेटको अन्तरालमा धमाधम दुई गोल गर्दै खेलमा २–० को स्पष्ट अग्रता लिएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै मेक्सिकोले चेक रिपब्लिकको रक्षापंक्तिलाई ध्वस्त पार्यो । खेलको ५५औं मिनेटमा मेक्सिकोका लागि मेटेओ चाभेजले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा