‘बिजुलीमा भ्याट लाग्छ, तर उपभोक्तालाई भार पर्न दिँदैनौँ’: अर्थमन्त्री वाग्ले
kalakarmi.com · Mon Jun 01 07:19:03 GMT 2026

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको भ्याटको निर्णयबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन् । यद्यपि, यसको प्रत्यक्ष असर उपभोक्तामा नपर्ने गरी विभिन्न विकल्पहरूमा सरकार काम गरिरहेको उनले बताएका छन् ।
सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले साउन १ गतेदेखि लागू हुने व्यवस्थाअघि नै उपभोक्तालाई राहत दिने उपाय खोजिने जानकारी दिए। उनका अनुसार विद्युत् नियमन आयोगमार्फत महसुल समायोजन गर्ने वा विपन्न वर्गका लागि निःशुल्क विद्युत् खपतको सीमा बढाउने विकल्पहरूबारे छलफल भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)