नेपालले अतिक्रमण गरेको जमिन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई रास्वपा सांसद आशिका तामाङको माग
barnanmedia.com · Mon Jun 01 07:13:13 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न प्रधानमन्त्री वालेन्द्र शाहसँग अपिल गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो अपिल गरेकी हुन् । “प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्छु,” उनले लेखेकी छन्, “किनकि सधैँभर म लगायत हामी नेपालीले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो । तर, आजबाट हामिले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ ।”
आइतबार बसेको प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्दै अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहको चौतर्फी आलोचना हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
बालेन शाह