सेलिब्रेटी दर्शकले प्रशंसा गरे ‘झिङ्गेदाउ–२’, प्रिमियरमा मेकिङको चर्चा
kalakarmi.com · Thu Sep 17 01:55:53 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘झिङ्गेदाउ–२’ को बुधवार साँझ भव्य प्रिमियर आयोजना गरिएको छ । ललितपुरको पुल्चोकस्थित लाबिम मलमा रहेको क्यूएफएक्स सिनेमाजमा साँझ ७ बजेदेखि आयोजित प्रिमियरमा फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता तथा विभिन्न क्षेत्रका सेलिब्रेटीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रिमियरमा यो फिल्म हेरेपछि अधिकांश सेलिब्रेटी दर्शकले ‘झिङ्गेदाउ–२’ को कथा, कलाकारको अभिनय तथा विशेषगरी मेकिङ पक्षको प्रशंसा गरेका छन् । पारिवारिक तथा सामाजिक कथावस्तुलाई मनोरञ्जनसँग जोड्दै प्रस्तुत गरिएको यो फिल्मले दर्शकलाई प्रारम्भदेखि अन्त्यसम्म जोडेर राख्ने प्रतिक्रिया प्रिमियरमा सहभागी अतिथिहरूले दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)