मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हिंसामा महिला

barnanmedia.com · Wed Sep 10 21:45:40 GMT 2025

केहि समय पहिले अत्यधिक ज्वरो आयो भनेर उपचारका लागि अस्पताल आउनुभएकी एक १३ वर्षीया बालिकाले असुरक्षित गर्भपतन गरेको पाइयो । यो कुरा परिवारलाई जानकारी नै थिएन । धौलागिरी प्रादेशिक अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट अमिट ढुङ्गाना भन्नुहुन्छ,“उहाँले आफ्ना प्रेमीसँग मिलेर असुरक्षित गर्भपतन गराएकी रहिछन् । लामो समयको मनोपरामर्शपछि स्वास्थ्यकर्मीलाई बताउँदा स्वास्थ्यमा गम्भीर समस्या भइसकेको थियो ।”

अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले यस्तै समस्या लिएर आउनेहरूलाई मनोपरामर्श, उपचार र पुनस्थापनाको काम गर्दै आएको छ । पेट दुख्यो, ज्वरो आयो भन्दै अस्पताल आउनेहरूको उपचारका क्रममा श्रीमान्, घरपरिवार र प्रेमीबाट हिंसामा परेको खुल्ने गरेको डा ढुङ्गानाको भनाइ छ । यसरी हिंसामा पर्नेमा अधिकांश दलित समुदायका महिला छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)