आज कृष्णभीरको नयाँ ट्र्याकमा दुईतर्फ गाडी सञ्चालन
barnanmedia.com · Thu Sep 17 01:54:04 GMT 2026

काठमाडौं। कृष्णभीरमा नयाँ ट्र्याक निर्माणपछि पृथ्वी राजमार्गमा आजदेखि दुईतर्फी गाडी सञ्चालनमा आएको छ । सडक भास्सिएर काठमाडौंसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फ नै सञ्चालनमा आएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार १८ दिनपछि आज असोज १ गते बिहीबार बिहान ६ बजेदेखि सवारी साधनहरू दुवैतर्फ सञ्चालन हुन थालेका हुन्। भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)