सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद् अभिलेखबाट हटाउन माग
aarthiknews.com

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त भनाइ तत्काल सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वाला द्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको धारणा गैरजिम्मेवारपूर्ण, नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताविपरीत रहेको आरोप लगाइएको छ। नेकपाले प्रधानमन्त्रीको अभिव्यक्तिले स्थापित ऐतिहासिक तथ्य र नेपालको आधिकारिक अडानलाई समेत कमजोर बनाएको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)