मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाडा अटो शो भदौ ९ देखि, स्टल बुकिङ खुला

baahrakhari.com · Mon Jun 01 07:22:28 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आउँदो भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । १८औँ संस्करणको उक्त शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको सहभागिता रहने नाडाले जनाएको छ ।

नाडा अटो शो २०२६ का निम्ति स्टल बुकिङ यही जेठ १८ देखि २६ गतेसम्मका निम्ति खुला गरिएको छ । नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवाप्रदायक तथा सम्बन्धित उद्योगलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ ।

यो प्रदर्शनीमा हजारौँ आगन्तुक, उद्योग, व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीको सहभागिता रहने जनाइएको छ ।

#प्रदर्शनी

#नाडा

#सवारीसाधन

#स्टल बुकिङ खुला

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय