ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन
nepallive.com · Thu Jun 25 02:46:18 GMT 2026

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार ५१९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)