कम शो पाएको ‘बुलाकी’को सुखद व्यापार, सकारात्मक प्रतिक्रिया
onlinekhabar.com · Fri Apr 14 16:33:33 GMT 2023
काठमाडौं । शुक्रबारदेखि रिलिज भएको फिल्म ‘बुलाकी’ले बक्सअफिसमा सुखद सुरुआत गरेको छ । यो फिल्मलाई मल्टिप्लेक्सले निकै नै कम शो उपलब्ध गराएका छन् । ‘जारी र बिहे पास’को तुलानामा कम शो पाएको फिल्मले प्रिमियरबाट नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
शुक्रबार यो फिल्मले देशभरका मल्टिप्लेक्समा दर्शकको सुखद साथ पाएको छ । बिहानी शोमा फिल्मको व्यापार औषत भएपनि दिउँसोबाट भने दर्शकको अकुपेन्सी उच्च थियो । नेपालगञ्जमा यो फिल्मले क्यूएफएक्समा एक शो मात्र पाएको थियो, जुन शोमा दर्शकको शत प्रतिशत अकुपेन्सी रह्यो । फिल्म हेर्न नेपालगञ्जको हलमा पुगेका सयभन्दा बढी दर्शक फर्किएको कलाकार तथा निर्माता विराज बिष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)