मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश

ratopati.com · Thu Jun 25 02:58:18 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ का अन्तिम खेलमा मेक्सिको र दक्षिण अफ्रिकाले जित हात पार्दै नकआउट चरणमा स्थान बनाएका छन्।

मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३–० ले पराजित गर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोका लागि दोस्रो हाफमा मातेओ चाभेज र जुलियन किन्योनेसले गोल गरे। चाभेजले ५५औँ मिनेटमा लुइस रोमोको पासमा गोल गर्दै खाता खोलेका थिए भने ६१औँ मिनेटमा किन्योनेसले होर्गे सान्चेजको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए। निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा अल्भारो फिडाल्गोले गोल थप्दै मेक्सिकोको जितलाई ३–० मा पुर्‍याए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय