मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा उम्मेदवारको नाम सूचीमा विवादः ‘संस्थापन’ निकट नेताहरू नै असन्तुष्ट

nepalpress.com · Thu Jun 25 02:59:39 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्वका लागि जारी मतदानअघि उम्मेदवारहरुको नाम तलमाथि परेको भन्दै विवाद सिर्जना भएको छ । पार्टीका जिम्मेवार नेताहरूले नै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।

विद्युतीय मतदानमा प्रस्तुत उम्मेदवारको नामावलीमा न उम्मेदवारी दर्ताको क्रम संख्या अनुसार, न त नामको वर्णानुक्रम (अल्फाबेटिक अर्डर) अनुसार नाम आएको छ । स्ट्याटस लेख्नेमध्येका एक उम्मेदवारले नेपाल प्रेससँग कुरा गर्दै शीर्ष नेतृत्वले हरेक क्लष्टरबाट जिताउन चाहेका मान्छेको नाम अघिल्लो क्रम संख्यामा समावेश गरिएको दावी गरे ।

वरिष्ठ नेता बालेन्द्र शाह पक्षीय उम्मेदवारहरु प्रतिनिधिबीच त्यति परिचित नभएका कारण उनीहरूलाई जिताउन त्यस्तो गरिएको आशंका ती उम्मेदवारले व्यक्त गरेका छन् ।

ती उम्मेदवारले भने, ‘यस्तै होला भनेर सभापतिज्यूलाई मैले हिजो दिउँसो नै कुरा राख्दा उहाँले आफू दबाबमा रहेको भन्दै यो चुनावको जितहारलाई त्यति ठूलो नबनाइदिन आग्रह गर्नुभएको थियोे ।’

सभापति लामिछाने निकटका नेता दीपक बोहराले खुलातर्फ उम्मेदवारी दर्ता गराएका थिए । तर, सुदूरपश्चिम भूगोलबाट मतपत्रमा नाम आएको छ ।

अधिवक्ता समेत रहेका संस्थापन निकट नेता यज्ञमणि न्यौपानेले शुरूमै उम्मेदवारी दर्ता गरेको, तर ४२ नम्बरमा नाम भएको लेखेका छन् ।

नेतृ आशिका तामाङले ३७ नम्बरमा नाम दर्ता गरेको तर १०६ नम्बरमा परेको गुनासो गरेकी छन् ।

नेता गणेश कार्कीले आफ्नो नाम ‘जालझेल’ भएर १३३ मा पुगेको बताएका छन् ।

वरिष्ठ नेता बालेन शाह निकटका ई. रोहन कार्कीले पनि लेखेका छन्, ‘खुलातर्फ मेरो मनोनयन दर्ता नम्बर १२ थियो तर अहिले ३० मा परिएछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय