इंग्लिस प्रिमियर लिगमा जितभन्दा गोल विवाद
kendrabindu.com · Thu Sep 17 02:11:53 GMT 2026
म्यानचेस्टर । म्यानचेस्टर सिटी प्रशिक्षक एन्जो मारेस्कालाई के लागेको छ भने इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि प्राप्त आफ्नो जित विवादमा बढी केन्द्रित भयो। यसमा मारेस्काको गुनासो छ। इर्लिङ हालान्डको गोलमा सिटीले म्यानचेस्टर डर्बीमा एक गोलको जित निकालेको थियो। यही गोलमा विवाद देखिएको हो।
खेलले एक घण्टा छुँदा सम्भव त्यस गोललाई ‘भार’ ले मान्यता दिएको थियो। यसक्रममा सहायक रेफ्रीको अफसाइड रहेको निर्णय काटेको थियो। सिटीले खेलको अधिकांश समय १० खेलाडीमा सीमित रहेर खेलेको भएता पनि ओल्ड ट्राफोर्डमा पूरा ३ अंक बटुल्न सफल रह्यो। सिधा रातो कार्डमा सिटीले फिल फोडेनलाई गुमाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)