कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको नियन्त्रणमा
barnanmedia.com · Wed Sep 10 21:58:40 GMT 2025

जेनजी आन्दोलनका क्रममा चितवनको भरतपुर कारागारबाट भागेका चार कैदीबन्दी सुनौलीस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नियन्त्रणमा रहेका छन् । नियन्त्रणमा रहेका चारै जना भारतीय मूलका रहेको बुझिएको छ ।
ती चार कैदीबन्दीमा गाँजा तस्करी आरोपमा कारागारमा रहेका भारतको उत्तर प्रदेश सम्भल जिल्लाका अनिल गिरी र राजपाल सिंह छन् । त्यसैगरी दुर्घटना गराएको आरोपमा कारागारमा रहेका भारतकै उत्तर प्रदेश बाराबांकी जिल्लाका मोनू कश्यप र हरियाण जिल्लाका अब्बास खान रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)